क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको आशंका गरेको छ ।
घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको प्रहरीले बताएको छ।
पीडित उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए। ती क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस्’, रोयल क्यानेडियन माउन्टेड पुलिस ९आरसीएमपी० सास्काचेवानले ट्वीट गरेका छन्।
जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन्।