भदौ २०, २०७९ सोमबार

काठमाडौँ । बेलायतमा आज नयाँ कन्जरभेटिभ नेता चुनिँदै छन् । नेता बन्ने दौडमा विदेशमन्त्री लिज ट्रस र पूर्वअर्थमन्त्री ऋषि सुनक छन् ।

छानिएका नेता देशको नयाँ प्रधानमन्त्री हुनेछन् । नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान भएको थियो ।  भावी कन्जरभेटिभ नेतामा ट्रसको सम्भावना धेरै रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् । 


मतदान गर्न योग्य अनुमानित २ लाख टोरी सदस्यहरूबाट हुने नेतृत्व चयनका लागि ४७ वर्षीय ट्रस आफ्ना प्रतिष्पर्धी ४२ वर्षीय सुनकभन्दा लगातार अगाडि छिन्। आर्थिक अनियमितता र काण्डपछि बोरिस जोनसनले राजीनामाको घोषणा गरेसँगै नेतृत्वको प्रतिष्पर्धा जुलाईबाट सुरु भएको थियो ।


 ८ साता लामो अभियानपछि शुक्रबार हुलाक तथा अनलाइन भोटिङ सम्पन्न भएको थियो ।