भदौ २०, २०७९ सोमबार

चीनमा  सोमबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) लाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ ।