भदौ २१, २०७९ मंगलबार

काठमाडौँ । चीनको दक्षिणपश्चिम क्षेत्र सिचुआन प्रान्तमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो एक बजे भूकम्प गएको थियो ।


जसका कारण त्यहाँको सञ्चार विच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण गम्भीर क्षति भएका विवरणहरू सार्वजनिक भएका छन् । गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो ।

भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ । सरकारी टेलिभिजन संस्था सीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको र अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका छन् । बीबीसी