भदौ २१, २०७९ मंगलबार

बुर्किना फासोको उत्तरी क्षेत्रमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु  भएको छ । बौर्जांगादेखि जिबोको बीचको सडकखण्डमा एउटा समूहले आपूर्ति बोकेको एउटा गाडीमा गराएको विस्फोटमा अन्य ३७ जना घाइते भएका छन् । 

सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ । 


उक्त गाडी उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडीभित्र सर्वसाधारण र व्यापारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।