भदौ २१, २०७९ मंगलबार

पाकिस्तानको उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । 


मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् ।