भदौ २२, २०७९ बुधबार

रसियाले उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।


पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरका अनुसार रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको उनीहरूसँग संकेत छ । 


रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्राप्त गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ । 

युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोला बारुद प्रयोग गरेका छन् । रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रूपमा खाद्यान्नको मूल्य बढेको छ ।