भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ७ बजे नयाँ दिल्लीको इन्डिया गेट छेउको क्षेत्र सेन्ट्रल विस्टाको नयाँ स्वरूपको उद्घाटन गर्दैछन् । यसअनुसार राजपथको नाम पनि बदलेर कर्तव्य पथ राखिएको छ ।
प्रधानमन्त्री मोदीले कर्तव्य पथको उद्घाटनको साथसाथै इन्डिया गेटमा सुभाष चन्द्र बोसको प्रतिमाको पनि अनावरण गर्नेछन् । कार्यक्रमअघि नयाँ दिल्ली नगरपालिका परिषद्ले सडकको छेउमा राखिएको ट्राफिक साइन बोर्डमा राजपथको नाम बदलेर कर्तव्य पथ बनाएको छ । परिषद्को बुधबारको बैठकले राजपथको नाम बदल्ने अनुमति दिएको थियो ।