भदौ २४, २०७९ शुक्रबार

कतारमा यस वर्षको अन्तिमसम्म मदिरा प्रतिबन्ध हटाइने भएको छ । तर, विश्वकपमा अन्य देशबाट आउने समर्थकहरूले आफ्नो देशबाट मदिरा भित्र्याउन भने पाउने छैनन् । कतारको सुरक्षा र सुरक्षा अपरेसन समितिका प्रमुख कर्नल जासिम अब्दुलराहिम अल सैयदले समर्थकहरूले कतारमा मदिरा भित्र्याउन नदिने र त्यस्तो पाएमा कारवाही हुने बताए ।


कतारमा हुने विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने छ । जसमा ३२ देशहरू प्रतिस्पर्धा गर्नेछ । रोयटर्सका अनुसार कतार विश्वकपमा १ दशमलव २ मिलियन दर्शकहरूले विश्वकप अवलोकन गर्नेछन् ।