भदौ २५, २०७९ शनिबार

काठमाडौँ । अष्ट्रेलियामा रहेको एडिलेड नेप्लिज क्रिकेट एसोसिएशन २०२२-२०२४ का लागि सल्लाहकार नियुक्त गरिएको छ । विजय जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिति पनि चयन गरेको हो ।

सल्लाहकारहरूमा रूपक बर्तौला, लुके जोह्न्स्तोन्, थीर गुरुङ, हेम श्रेष्ठ, भरत तिमिल्सिना, सुमन भेटल, विकाश सुवेदी, लक्ष्मी सपकोटा र  दिपेन न्यौपाने रहेका छन् ।


हालैको वार्षिक साधारण सभामा सल्लाहकार समितिको आवश्यकताबारे छलफल भएको थियो । एएनसीए र क्रिकेटको समग्र विकासमा अमूल्य मार्गदर्शन प्रदान गर्न यस समितिको विशेषज्ञता र मस्तिष्क शक्तिमा पूर्ण रूपमा विश्वस्त रहने अध्यक्ष विजय जोशीले बताएका छन् ।