भदौ २५, २०७९ शनिबार

चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ।
शनिवार बिहान भएको परम्परागत कार्यक्रममा -जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो- दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो।
यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने समयका कारण झण्डालाई फेरि आधा झुकाइनेछ।
एक्सेसन काउन्सिल भन्ने निकायले नयाँ राजाको औपचारिक घोषणा गरेको हो। अनि परम्परागत रूपमा विस्तृत समारोहसहित शपथ लिइएको थियो। यस्तो शपथ सात दशक यता पहिलो पटक आयोजना भएको हो।