भदौ २६, २०७९ आइतबार

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्‍निच्यूडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ ।

जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिण पश्चिममा दश किलोमिटर समुद्रको गहिराइमा रहेको सो एजेन्सीले जनाएको छ ।


भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।