भदौ २७, २०७९ सोमबार

न्युयोर्क – बेलायतकी महारानी एलिजाबेथ द्धितीयको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने भएका छन्।

बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ। ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ।

बाइडेनसँगै प्रथम महिला जाने छिन्। यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो। बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्नेरनगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन।