युक्रेनलाई हतियार पठाएर जर्मनीले रुसको लक्ष्मणरेखा नाघेको आरोप बर्लिनका लागि मस्कोको राजदूतले लगाएका छन् ।
दोस्रो विश्वयुद्ध तथा सोभियत संघमाथि नाजी आक्रमणको अन्त्यपछि रुस र जर्मनीबीच कायम शान्तिलाई जर्मनीको यस निर्णयले अवमूल्यन गरेको उनको भनाइ छ ।
राजदूत सर्गे नेचाएभले भने, ‘युक्रेन सरकारलाई जर्मनीमा बनेका घातक हतियार आपूर्ति गर्नु रुसले कोरेको लक्ष्मणरेखाको उल्लंघन हो । ती हतियार रुसी सैनिकहरूका विरुद्ध मात्र नभई डोनबासमा रहेका सर्वसाधारणमाथि समेत प्रहार गरिएका छन् ।’
रुसी जनतामाथि नाजीहरूले गरेको अपराधको नैतिक तथा ऐतिहासिक जिम्मेवारीलाई विचार गर्दै बर्लिनले यस्तो निर्णय लिनुअघि सोचविचार गर्नुपर्थ्यो, उनले बताए ।