भदौ २९, २०७९ बुधबार

थाइल्यान्डमा सैनिकले आफ्ना दुई जना साथीमाथि गोली चलाएर उनीहरूको हत्या गरेका छन्। 

बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्। 


गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक जना सैनिक घाइते छन्। घटना स्थानीय समयअनुसार बुधबार बिहान ८ः४५ मा भएको हो।

घटनापछि योङयुथ फरार भएका थिए। करिब १० बजे भने उनले आत्मसमर्पण गरेको सेनाले जनाएको छ।