भदौ ३१, २०७९ शुक्रबार

किभ — दक्षिणी युक्रेनस्थित एक मुख्य बाँधमा रुसी सेनाले क्षेप्यास्त्र आक्रमण गरेको छ । अधिकारीहरूले उक्त आक्रमणपछि बाढीको खतरा बढेको भन्दै क्रिभी रिहको दुई जिल्लाका करिब दुई दर्जन बस्तीका मानिसलाई अन्यत्र जान भनेका छन् ।


नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बाँध फुटेको स्थानमा एक सय क्युबिक मिटर प्रतिसेकेन्डको गतिमा पानी ओइरिएको जनाए । जसका कारण इन्हुलेट्स नदीको जलस्तर निकै उच्च भएको र जोखिम बढेको उनको भनाइ छ ।