भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ । सांसदहरूको घरभाडाका लागि मात्र २५ करोड ५७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यो खर्च झण्डै साढे ४ वर्षमा भएको हो । २०७४ फागुनदेखि २०७९ भदौसम्मको ५५ महिनामा सांसदहरूको आवास भाडाबापत यो रकम खर्च भएको हो ।

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी कूल ३ सय ३४ सांसदका लागि यो रकम खर्च भएको हो । सांसदहरूको मासिक घरभाडाका लागि मासिक ४६ लाख ५० हजार खर्च हुने गरेको छ । काठमाडौंमा घर नभएका सांसदहरूका लागि मासिक १८ हजार र काठमाडौंमा घर भएका सांसदहरूले ९ हजार रुपैयाँ घरभाडाबापत बुझ्ने गरेका छन् ।