सीमा विवादलाई लिएर दुई मुलुक किर्गीस्तान र ताजिकिस्तानबीच झडप हुँदा ९४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुई मुलुकबीचको तनाव साम्य पार्ने सहमति हुनुअघि झडप भएको थियो। गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भएको थियो।
पूर्व सोभियतकालीन राज्यका नागरिकबीच सीमा विवादका कारण बारम्बार झडप हुँदै आएको छ। सन् २०२१ मा भएको झडपमा ५० जनाले ज्यान गुमाएका थिए।
किर्गीस्तान र ताजिकस्तानबीच १ हजार किलोमिटर क्षेत्रफलको सीमालाई लिएर ३१ वर्षदेखि विवाद छ। दुबै राष्ट्रले झडपको दोषारोपण एक-अर्कामाथि लगाउँदै आएका छन्।