असोज ४, २०७९ मंगलबार

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । 


सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन नेपाल आउन लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । बैठक बुधबारदेखि नै हुने तय भएको थियो तर उतै (भारत) बाट कार्यक्रम केही दिन स्थगित गर्न आग्रह आएपछि बैठक सारिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विदुर खड्काले बताए ।