असोज ५, २०७९ बुधबार

आगामी सन् २०२४ मा हुने युरोकप छनोट खेल्न रुसलाई प्रतिबन्ध लगाइएको छ । युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो। त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन्।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ। रूसलाई यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ।