बैशाख २, २०७८ बिहिबार

काठमाडौं : गत चैत २७ गते मेची–महाकाली पैदल यात्रा सम्पन्न गरी आफ्नो घर फर्किएका कालिन्चोक गाउँपालिका वडा नं. ३ का अभिनय कार्की सम्मानित भएका छन् । 

उनलाई बिहीबार वडाध्यक्ष निशान बुढाथोकीले एक समारोहका बीच सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन् । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म पैदल यात्रा गरी विश्वभरी नै आफ्नो सहित वडाको नाम उच्च राख्न सफल भएको र उक्त योगदानको सम्मान गर्दै अभिनयको उज्वल भविष्यको कामना साथ आगामी दिनको लागि शुभकामना समेत दिएका छन् ।  

फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर ‘विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना’ का साथ सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर पुर्वको मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका थिए ।

त्यस्तै मेचीकाली यात्रा सफलतापूर्वक सम्पन्न गरेका अभिनयले साइकलमार्फत ७७ वटा जिल्लामा यात्रा गर्ने योजना बनाएका छन् ।