काठमाडौं – गत पुषदेखि लाओसमा देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना संक्रमित भएका छन् । बितेका २४ घण्टामा डेङ्गु ज्वरोका एक सय ६२ व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस समयावधिमा १८ जनाको मृत्यु भएको लाओस स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यका लागि सूचना र शिक्षा केन्द्रले जनाएको छ । लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन् ।
लुआङ नम्था प्रान्तमा तीन हजार छ सय १४ र अटापेउ प्रान्तमा एक हजार ४ सय ५४ जनामा डेङ्गुका बिरामी फेला परेका छन् ।