असोज ९, २०७९ आइतबार

दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा सञ्चालित एक अमेरिकी विमानबाहक सिउल आएको केही दिनपछि उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । ‘उत्तर कोरियाले अज्ञात व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने । 

उत्तरले सम्भावित व्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तट रक्षकले जनाएको छ ।