बैशाख १०, २०८३ बिहिबार

इस्लामावाद, १०वैशाख: पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको  अन्वेषण तथा अनुसन्भान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्भान  स्थलमा  बुधबार स्थानीय समय अनुसार वेलुका ७ वजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ । 

तामा र सुनको अन्वेषण तथा अनुसन्भान  स्थलमा आक्रमण भएको स्रोतहरूले  पुष्टि गरेएका छन् ।

आतङ्ककारीहरूले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति  पुग्नुनुका साथै तीनवटा शिविरहरुमा  आगो लगाएको स्रोतले जनाएको छ ।

जवाफी गोलीबारीमा एकजना आतङ्कवादी मारिएको तथा बाँकी आक्रमणकारीहरू  घटनास्थलबाट भागेको जनाइएको छ । 

सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ । 

मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने  अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।