असोज १०, २०७९ सोमबार

युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसदसहित २ जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरूले बताएका छन् । क्रेनको खेरसन सहरको एक होटलमा भएको आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् ।

युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिक्रिया दिएको छैन ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरू पनि रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।