असोज ११, २०७९ मंगलबार

नेपाल-भारत सीमा नजिक लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । ४६ जना सवार ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । 

घाइतेहरूलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ ।