रसियामा बन्दुकधारीले विद्यालयमा आक्रमण गर्दा ११ जना बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षकसमेत रहेका छन् । आक्रमणमा परी २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ ।
बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो । घटनापछि बन्दुकधारीले आत्महत्या गरेका छन् । विद्यालयका कक्षाकोठाहरूका भित्ताहरूमा रगत नै रगत भएको समाचारमा उल्लेख छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय” भन्दै कडा रूपमा निन्दा गरेका छन् । रसियामा तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।