काठमाडाैँ । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
१ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ छ । खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेकाे खबरमा उल्लेख छ ।
इन्डोनेसियाका खेलकुदमन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताए । समर्थकहरूले आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।