काठमाडौँ, १० वैशाखः नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको १६औँ वर्षमा प्रवेश गरेको छ । प्रज्ञा-प्रतिष्ठानको कार्यालय नक्सालमा आज एक समारोहका बीचमा वार्षिकोत्सव मनाइएको हो ।
प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले स्थापना भएको १६ वर्षको अवधिमा प्रज्ञा-प्रतिष्ठानले सङ्गीत, नाट्य र नृत्य विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । आगामी दिनमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान सङ्गीत, नाट्य र नृत्य विधाको संरक्षण, संवर्द्धन, संस्कृति प्रवर्द्धन गर्दै सर्वाङ्गीण विकासका लागि एक स्वायक्त संस्थाका रूपमा अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रज्ञा–प्रतिष्ठानले जस्तोसुकै परिस्थितिमा पनि सङ्गीत, नाट्य र नृत्य विधाको विकासका क्षेत्रमा निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव कुश्मा महराले मुलुकका लोपोन्मुख लोकसङ्गीतको संरक्षण, प्रवर्द्धन गर्दै सबै तह, निकायको उद्देश्यअनुरुप क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।