असोज २४, २०७९ सोमबार

नेपालीले महान् चाड बडादसैँलाई धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर  बिदा गरेका छन् । नेपालीले भव्य रूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ ।

शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम  शनिबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।