जिल्ला प्रहरी कार्यालय धादिङले इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर अपूर्व ढुंगानालाई हिरासतमा राखेको छ । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबलबहादुर बमलाई काजमा खटाएको छ ।
इन्स्पेक्टर ढुंगानामाथि सहकर्मी महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोप छ । इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
पीडितले दिएको उजुरीको आधारमा ढुंगानामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए । इन्सपेक्टर ढुंगाना असोज १५ देखि नियन्त्रणमा छन् ।