असोज २७, २०७९ बिहिबार

महेश सिंह, सिरहा । हिन्दु सम्राट् सेनाले लहानमा शोभा यात्रा निकालेको छ । 'नेपाललाई हिन्दु राष्ट्र कायम गर' भन्ने नारा लगाउँदै युवाहरूको समूहले प्रदर्शन गरेका हुन् । 

सिरहाको लहानबाट निकालिएको शोभा यात्रामा सहभागीहरूले लहान बजार परिक्रमा गरेका थिए ।
हिन्दु सम्राट् सेनाका केन्द्रीय संयोजक राजेशकुमार यादवको नेतृत्वमा लहानमा र्‍याली निकालिएकाे हो ।