असोज २७, २०७९ बिहिबार

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारिएको हो ।

साथै निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन्।