बैशाख ६, २०७८ सोमबार

साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।