बैशाख ६, २०७८ सोमबार

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्गएपमा ‘Customer Care’को सुरुवात गरेको छ ।

आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस नवीन कार्यको थालनी गरेको छ।

‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुपआफ्ना सेवातथा सुविधाहरूलाई डिजिटल मैत्रीबनाउने क्रममा यस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकको NIC ASIA MoBank एपभित्र रहेको Customer Care आइकनमा ट्याप गरेपश्चात्न निम्नलिखित सुविधा उपलब्ध छन्।

च्याटबटः मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहक महानुभावहरूले बैंकको अनलाइन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/Missed Call बैंकिङ्ग तथा QR मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ समय, जस्ता विषयमा जानकारी पाउनका लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिनेछ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्कः यस मार्फत ग्राहक महानुभावहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

गुनासो टिकटः ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकट मार्फत दर्ता गर्न सक्नेछन् रआफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको Real Time Tracking समेत सजिलै गर्न सक्नेछन्।

Video Tutorial बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्ने छन्।

ईमेल सुविधाः ग्राहक महानुभावहरूले यस Customer Care भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमाआफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धीजानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्‍याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहक महानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखाकार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाखभन्दा बढी ग्राहकमहानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।