काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र एमसीसीका उपाध्यक्ष क्यारुन अलफोर्डबीच शुक्रबार भेटवार्ता भएको छ ।
पुष्कर विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन अमेरिकामा रहेका छन्।
तीन दिनअघि अर्थसचिव पुस्करलगायतको ६ सदस्यीय टोली अमेरिका पुगेका थिए।भेटमा नेपाललाई हुने सहयोगका विषयमा चर्चा भएको बताइएको छ ।