असोज ३०, २०७९ आइतबार

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो ।  डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन  कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो । 

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए तापनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।