असोज ३०, २०७९ आइतबार

सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् । 
 
कुन दिन बिदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुनेछ ।

शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।