‘युरेनियम’ बेच्ने भनेर ठग्न खोजेको आरोपमा शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी घर भएर सानोथिमी बस्ने शंकर शाही, नुवाकोट किस्पाङ घर भएका ३२ वर्षीय दोर्जे तामाङ, मोरङ कानेपोखरी घर भएका ३६ वर्षीय दिपेन्द्र ढकाल, नुवाकोट म्यागम घर भएका ४१ वर्षीय मंगलसिंह तामाङ र धादिङ बेत्रावती घर भएका ३२ वर्षीय रमित घले छन् । दोलखा भीमेश्वर घर भएका ५३ वर्षीय यादव सिलवाल र झापाको मेचिनगर घर भएका ५४ वर्षका सुन्दर थापा पनि पक्राउ परेका छन् ।
प्रहरीले आरोपीहरूको साथबाट डेढ किलो फस्फोरस जस्तो देखिने पदार्थ बरामद गरेको छ । सो पदार्थ परिक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।