फागुन १०, २०७७ सोमबार


काठमाडौं । 
सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ नै कायम छ । आइतबार पनि तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ पनि तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । सोमबारका लागि चाँदीको भाउ तोलाको १३ सय ३५ रुपैयाँ तोकिएको छ । आइतबार तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।