अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न १० वटा मुद्दामा पुनरावेदन दर्ता गरेको छ।
अख्तियारले विशेष अदालत काठमाडौंमा दर्ता गरेका ती मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।
पुनरावेदन गरिएका मुद्दाहरूमा घुसररिसवतसम्बन्धी ८, प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी १ र गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाईसम्बन्धी १ वटा रहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
आयोगको साउन २ गतेको निर्णयअनुसार साउन ९ गते ती मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको प्रवक्ता भण्डारीले बताए।