असोज ३१, २०७९ सोमबार

नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे सरकारले छलफल गरिरहेको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले भने– ‘जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको छ ।’ 


अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन ।