असोज ३१, २०७९ सोमबार

काठमाडौँ । सरकारले भोलि कार्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ दिन राष्ट्रिय झण्डा झुकाएर शोक मनाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।

जोशीको आइतबार १०३ वर्षको उमेरमा निधन भएको थियो ।