कात्तिक १, २०७९ मंगलबार

फ्लोरीकल्चर एसोसिएसन नेपाल कास्कीले पोखरा रङ्गशालामा कात्तिक ४ गतेदेखि ६ गतेसम्म छैटौँ पुष्प प्रदर्शनी तथा प्रादेशिक व्यापार मेला आयोजना गर्न लागेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन दिनका लागि मेला आयोजना गरिएको अध्यक्ष डीलबहादुर गुरुङले बताए । मेलामा विभिन्न नर्सरीको उत्पादन सङ्कलन गरेर बिक्रीका लागि राखिने छ  । पुष्प व्यवसायमा सरकारले साथ नदिएको व्यवसायीहरूको दुखेसो छ ।

‘पुष्प पनि कृषि क्षेत्रभित्रकै हो । तर कृषिमा अनुदान, सहयोग हुँदा सरकारको पुष्प व्यवसायलाई पुरै बेवास्ता गरेको छ,’ व्यवसायी दयाकुमार द्धाले भने, ‘राज्यको ध्यानाकर्षणका लागि पनि यो मेला बर्षेनि गर्दै आएका छौँ ।’

गण्डकी प्रदेशका सबै जिल्लाबाट फूल ल्याएर प्रदर्शनमा राखिने उनले बताए । मेलामा २५ वटा स्टल रहने छन् । जसमा विभिन्न प्रकारका सयपत्रीसँगै परम्परागत फूल, कट्फ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई बिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् ।