कात्तिक १, २०७९ मंगलबार

महेश सिंह, सिरहा - चाडपर्वलाई लक्षित गरेर लहान नगरपालिकामा अनुगमन हुने भएको छ। लहानका उपप्रमुख राम चलितर महतोको संयोजकत्वमा बसेको बैठकले प्रत्येक महिनाको २ दिन अनुगमन हुने निर्णय गरेकाे हो ।

लहानका विभिन्न होटेल र किराना पसलहरूमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए। अनुगमनमा म्याद गुज्रेका वस्तु फेला पारेमा कानुनबमोजिम कार्वाही गर्ने उनले बताए