मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ ।
भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।