लहान । स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वडासदस्य राम उद्गार महतो जथाभावी थुपारिएका फोहर सरसफाइमा लागेका छन् । फोहरले दुर्गन्धित बन्दै गएकाे वडामा उनले लहान नगरपालिकाको समन्वयमा सरसफाइ अभियान जारी गरेका हुन्।
वडासदस्य महतोले लहान ३ का युवाहरूलाई जागरुक गरी सरसफाइ अभियान चलाएका छन् । उनी लहानका सडकपेटी, विद्यालय क्षेत्र र मठमन्दिर वरिपरि रहेका फोहरमैला सरसफाइमा लागेका हुन् । 'फोहर बढार्दै, गाउँ सफा गर्दै' गर्दा स्थानीयले पनि महतोलाई साथ दिइरहेका छन् ।