अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनलाई एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’
बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् । यो बैठकमा उनले पूर्वाधारमा अत्यधिक खर्च गर्नुपर्ने कुरामा जोड दिए ।
एकदिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनवार्ता गरेका थिए । ह्वाइट हाउस पुगेपछि जो बाइडेनको शी जिनपिङसँग यो पहिलो फोनवार्ता थियो ।