अख्तियारको टोलिले रामेछापको मन्थलीबाट खानेपानी तथा सरसफाई डिभिजन नम्बर–४ बागमतीका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले इन्जिनियर सत्याल र प्लम्बरले सेवाग्राहीबाट लिँदै गरेको १६ लाख नगद र १२ लाख बराबरको चेक बरामद गरेको छ । आरोपीहरूले ईन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको उपभोक्ता समितिसँग रकम भुक्तानी दिनुअघि घुस मागेका थिए ।