काठमाडौँ । नेपालमा भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल र तिब्बतको सीमावर्ती तातोपानी नजिक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार दिउँसो ३ः०७ बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुस भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।